उपमहानगरपालिकाका कार्यालय सहयोगी घूस सहित पक्राउ

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारीलाई घूससहित रंगेहात पक्राउ गरेको छ ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी दिलीप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घूस लिइरहेकै बेलामा पक्राउ गरेको हो । उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घूस लिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पजियारलाई निन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।