चितवन : चितवन मेडिकल कलेजमा (सिएमसी) उपचारको क्रममा नवलपुरकी एक कोरोना संक्रमित मृत्यु भएको छ । विनय त्रिवेणी गाउंँपालिका वडा नम्बर १ दुम्कीबास की ६४ वर्षीया महिला उपचारको क्रममा आज मृत्‍यु भएको हो ।

दम र श्वासप्रश्वास सम्बन्धी समस्या भइ कात्तिक १२ गते अस्पताल भर्ना भएकी उनमा १३ गते कोरोना पुष्टि भएको थियो । मृगौलाकी दीर्घ रोगी समेत भएकी उनको कोभिड सघन उपचार कक्षमा राखी उपचार गर्ने क्रममा आज बिहान ९:३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !