चितवन : चितवनमा १४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सिएमसीको प्रयोगशालामा मात्रै १९ ९१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्य ५६ जना चितवनका हुन् भने ३५ जना अन्य जिल्लाका हुन् । भरतपुर महानगरपालिकाका ३७ रत्ननगर नगरपालिकाका ८, कालिकाका ३, खैरहनीका ६ र राप्तीका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।
यस्तै नवलपुरका २२, मकवानपुरका ४, गोरखाका २, कपिलबस्तु नवलपरासी, धादिङ, कास्की, बारा, लम्जुङ र सिन्धुलीका एक-एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै क्यान्सर अस्पतालको प्रयोगशालामा ५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा चितवनका ३१ नवलपरासीका ४, तनहुँ र गोरखाका समान २-२ तथा पर्सा, नवलपुर, काठमाडौं, मकवानपुर, जाजरकोट पाल्पा, मोरङ, कैलाली, लम्जुङ, कास्की, डोटी, रुपन्देही, सिराहा, पर्वत र धादिङका समान एक-एक रहेका छन् ।






