देशभर थप २३६४ जनामा कोरोना संक्रमण

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ।