चितवनमा थपिए ८० जना कोरोना संक्रमित

चितवन : चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधवार २८८ जनाको स्वाब परीक्षण गरिएकोमा ८० जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । यस्तै रत्ननगरका १०, कालिकाका ४ र खैरहनीका २ जनामा पनि कोरोना पुष्टि भएको छ । सिएमसी कै प्रयोगशालामा नवलपुरका २२, मकवानपुरका ३ तथा रुपन्देही, कपिलबस्तु, काठमाडौं र गोरखामा समान एक-एक जनामा पनि कोरोना पुष्टि भएको छ ।