चितवनः जिल्लामा रहेका दुई मेडिकल कलेजमा उपचारका क्रममा एक–एक जना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका एक सङ्क्रमितको मृत्यु भएके छ ।

मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय परुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । लम्सालका अनुसार निमोनियाका कारण कात्तिक ४ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आज विहान ३ः१८ मृत्यु भएको हो । उनमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा मृत्यु पश्च्यात कोरोना सङ्क्रमण पुष्टि भएको छ । रौतहटको चन्द्रनिगाहापुर नगरपालिका वडा नम्बर १ की ७७ वर्षीया महिलाको मृत्यु पश्च्यात कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

निमोनियाका कारण कात्तिक ८ गते अस्पतालमा भर्ना भएकी उनको सोही दिन दिउँसो ४ः३० वजे मृत्यु भएको थियो । मृत्यु पश्च्यात गरिको पिसिआर परिक्षणमा उनमा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !