चितवन : चितवनमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्य २३ जना जिल्ला भित्रका हुन् भने एक जना जिल्ला बाहिरका हुन् । प्रयोगशालाका अनुसार भरतपुर ४, ६, ७, १० र २७ का ६ पुरुष र ४ महिलामा कोरोना देखिएको छ ।

यस्तै कालिका नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ का ५ जना, राप्ती नगरपालिका १, ६ र ८ का ३ , खैरहनी ६, ७, ८ र १३ का ४, रत्ननगरका एक र नवलपुरको देवचुलीका एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !