कोरोना सङ्क्रमित वृद्धको मृत्यु

चितवनः जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १३ का ८५ वर्षीय वृद्धको आज बिहान ७ः ५५ वजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कात्तिक ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए पछि अति सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै आज बिहान ६ः१५ वजे सोही अस्पतालमा गर्भवती महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।