चितवन: भरतपुर अस्पतालमा उपचारका क्रममा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ३३ वर्षीय महिला रहेकी छन् । उनको आज विहान ६ः१५ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज ३० गते खोकी, श्वासप्रश्वासमा समस्या भई उनी अस्पताल भर्ना भएकी थिइन । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएकी उनको भेन्टिलेटरमा राखि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी ३७ हप्ताको गर्भवती रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !