चितवनः कोरोना सङ्क्रमणका नेपालमा पहिलो पटक प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय भण्डारा दरवन्दि भई हाल उपचारमा रहेका प्रहरी हवल्दार रहेका छन् ।
गोरखा शहिद लखन गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने ४० वर्षीय उनको आज दिउँसो ४ः३० वजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सर रोगका बिरामी उनलाई ज्वरो र खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना सङ्क्रमित उनी दरवन्दि भण्डारा भए पनि उपचाररमा रहेको प्रहरीले जनाएको छ ।