चितवन – चितवनको भरतपुर महानगरपालिकामा होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर ११ का ९६ वर्षीय वृद्ध रहेका छन् । उनको आज बिहान ६:१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
उनमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।