चितवनः पुरानो मेडीकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ६७ वर्षीय बृद्ध रहेको कलेजले जनाएको छ ।

निमोनिया सम्बन्धि उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान ५ः३० वजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !