चितवन – नवलपुरकी कोरोना भाइरस संक्रमित वृद्धाको चितवनमा मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ११ की ७५ वर्षीया वृद्धाको चितवन मेडिकल कलेज उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो, घाटी दुख्ने, खोकी र श्वासप्रश्वासको समस्या भएपछि असोज २७ गते अस्पताल भर्ना भएकी उनमा ३० गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज दिउँसो २ः ३० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।






