
चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी देवचुली नगरपालिका वडा नम्बर ११ की ७५ वर्षीया बृद्धा रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनी स्वासप्रश्वासमा समस्या आए पछि असोज २७ गते अस्पताल भर्ना भएकी थिईन । उनको असोज ३० गते पिसिआर परिक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालमा रहेको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज दिउँसो २ः ३० वजे मृत्यु भएको लम्सालले जानकारी दिनुभयो ।