चितवन – चितवनमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लास्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जनामा कोरोना देखिएको हो ।

कोरोना पुष्टि भएका मध्य भरतपुर महानगरपालिका भित्रका ३१ सहित चितवनका ३४ जना रहेका छन् । बाँकी १२ जना अन्य जिल्लाका संक्रमितहरु हुन् । भरतपुर ७ का ९ पुरुष र ७ महिला गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

यस्तै भरतपुर १० का ४ जना, ८ का ३ जना, भरतपुर ३ का २ जना तथा १, ५, १८, १२, १६ र ४ का एक-एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै खैरहनी नगरपालिका १ र १७ तथा कालिका नगरपालिका ६ का एक-एक जनामा पनि कोरोना देखिएको छ । सोही प्रयोगशालामा झापा ३ र नवलपुरका ४ तथा मकवानपुर, ईलाम र प्युठानका समान एक-एक जनामा पनि पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !