देशभर थपिए ३१६७ जना कोरोना संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर तीन हजार एक सय ६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको स्वाब परीक्षण गरिएकोमा तीन हजार एक सय ६७ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८ सय जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।