रौतहटकी सङ्क्रमितको चितवनमा मृत्यु

चितवन: भरतपुर अस्पतालमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ की ७० वर्षीया बृद्धा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

पेट सम्बन्धि उपचारका लागि असोज २५ गते अस्पताल भर्ना भएकी उनमा असोज २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १० वजे मृत्यु भएको हो ।