वडा सदस्य पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवनः खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षिय वद्रि वहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो ।
भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको आज विहान १ः४५ वजे मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो ।

आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उहाँको क्यान्सरको तेस्रो केमो चलिरहेको अबस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उहाँको उपचार भईरहेको थियो ।

उहाँ नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा बिजयी हुनु भएको थियो । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।