कोरोना सङ्क्रमणका कारण युवाको मृत्यु

चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नं. १२ का ४९ वर्षिय कोरोना संक्रमित पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । असोज २८ गते संक्रमण पुष्टि भई आईसोलेसनमा रहेका उनको आज बिहान १ः४५ बजेको समयमा मृत्यु भएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार असोज २८ गते संक्रमण भई आईसोलेसनमा रहेका उनी असोज ३० गते अस्पताल भर्ना भएका थिए । खोकी र श्वासप्रश्वासमा समस्या रहेका उनमा क्यान्सर रोगको समेत उपचार भईरहेको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गराईरहेको समयमा उनको मृत्यु भएको हो ।