
चितवनः चितवन मेडिकल कलेजमा गरिएको परिक्षणका क्रममा जिल्लाका ५२ जना सहित ६१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । कलेजको प्रयोगशालामा ३ सय ६९ जनामा गरिएको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।
सङ्क्रमित मध्ये चितवनका ५२ जना, नवलपुरका २ जना, लमजुङका एक जना, तनहुँका १ जना, वाराका १ जना, मकवानपुरका १ जना र कैलालीका २ जना रहे्को बिभागिय प्रमुख डा. अनुप पौडेलले जानकारी दिनुभयो ।