
काठमाडौः नेपालमा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । त्यस्तै, गएको २४ घण्टामा १ हजार ५७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।
हाल देशभर २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित छन् । उपत्यकामा आज ९ सय २ जनामा कोरोना पुष्टि भएको छ । आज देशभर १२ हजार २ सय ५ जनाको पीसीआर गरिएको छ ।