काठमाडौः कोरोना सङ्क्रमण वढ्दै जाँदा देशका उच्च पदाधिकारीहरुमा पनि जोखिम देखिन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि होम क्वारेन्टाइनमा बस्नुभएको छ ।

आफ्नो निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएपछि उहाँ होम क्वारेन्टाइनमा बस्नुभएको हो ।

प्रधानसेनापति थापा स्वास्थ्य सुरक्षा मापदण्डअपनाएर होम क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !