चितवनः उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएका नापी कार्यालय खैरहनीमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालीका वडा नम्बर ५ का ३० वर्षिय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । अस्पतालले जारी गरेको बिज्ञप्तिमा उनको उपचारको क्रममा शुक्रबार राति ११ बजे मृत्यु भएको जनाईएको छ ।

मिर्गौलाको दिर्घरोग र श्वासप्रश्वासको समस्या भई बिहिबार वेलुकामात्र कलेजमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले अस्पतालमा डायलासिस गर्न गएका उनमा कोरोना सङ्क्रमण भएर मृत्यु भएको बताउनुभयो । उनी कार्यालयका अमिन थिए ।

प्रतिक्रिया दिनुहोस !