चितवनः चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार असोज ३ गते श्वासप्रस्वास तथा निमोनियाका कारण अस्पताल भर्ना भएका हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ का ७४ वर्षिय पुरुषको शुक्रबार राती मृत्यु भएको हो ।

उनमा भदौ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा राती १२ः१८ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !