दुर्घटनामा एक जनाको मृत्यु

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षिय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार पूर्व पश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुर तर्फ आईरहेको ना ५ ख १३६४ नं.को ट्रकले विपरीत दिशाबाट गईरहेको ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिदा गिरी गाम्भिर घाइते हुनुभएको थियो । घाईते गिरिको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो ।

गिरीलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना शुक्रबार राती ९ः५० वजे भएको हो ।