एक हजार तीन सय तेह्र जना कोरोना सङ्क्रमित थपिए

काठमााडौंः नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन् ।

योसँगै संक्रमितको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

त्यस्तै, आज एक हजार चार सय ५५ संक्रमित निको भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिले देशभर १८ हजार दुई सय ८९ जना सक्रिय संक्रमित छन् ।