चितवनः पूर्बी चितवनको रत्ननगर नगरपालिकाका ७५ जना सहित जिल्लामा एकै चितवन १ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । रत्ननगर नगरपालिकाकामा कोरोना संक्रमण पुष्टि भएका मध्ये एउटै वडाका ४५ जना रहेका छन् ।
वडा नं.१४ का मात्रै ४५ जना रहेका छन् । भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २–२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।
चितवनमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका हुन । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि गरेको हो ।
चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना चितवन बाहिरका १४ जना रहेका छन् ।
यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एकरएक जना रहेका छन् ।






