बुटवलः बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको हो ।

कपिलवस्तु बुद्धभुमि नगरपालिका–६ का ५० वर्षीय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचारत दुवैको बिहीबार बिहान मृत्यु भएको हो ।

मृत्यु भएका कपिलवस्तुका पुरुष मधुमेह र मिर्गौलाका दिर्घरोगी थिए भने नवलपरासी पश्चिमका पुरुष कलेजो र मिर्गौलाका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !