चितवनः भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालामा पिसीआर परिक्षणको रि एजेन्ट सकिए पछि मंगलबारबाट प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमुना काठमाडौं पठाउन थालिएको छ ।

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रि एजेन्ट सकिए पछि यहाँ परिक्षण गर्न रोकीएको छ । मंगलबार मात्र ३ सय २५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशाला लगाएत अन्य प्रयोगशालाहरुमा रि एजेन्ट खोज्ने काम भईरहेको अधिकारीको भनाई छ ।

प्रयोगशालामा चाहिने आर एन ए एव्सट्रयाक्सन किट र पिसीआर रि एजेन्ट मध्ये रि एजेन्ट अभाव भएको हो । जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पिसिआर परिक्षण गर्दै आएको छ । ती दुबै संस्थाले शुल्क लिएर परिक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परिक्षण गरिरहेको छ ।

चैत २२ गते सुरु भएको यस प्रयोगशालाले हाल सम्म २५ हजार भन्दा वढि नमुनाको परिक्षण गरिसकेको छ । चितवन सहित वाहिरी जिल्लाबाट समेत नमुना परिक्षणका लागि यहाँ पठाईने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !