
काठमाडौः नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर गर्दा १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । त्यस्तै, मंगलबार ८ सय २३ जना संक्रमणमुक्त भएका छन् ।
योसहित संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन् ।