
काठमाडौंः नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।
आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र पाल्लाका एकएक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४० देखि ८२ वर्ष उमेर समूहका छन् ।