
काठमाडौंः गत २४ घण्टामा नेपालमा एक हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज देशभर एक हजार ३ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । आज देशभर ९ सय ६६ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्राललयका अनुसार आज कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगको छ । अहिले देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन् ।