चितवनः चितवन मेडिकल कलेजमा उपचाररत हेटौडाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवति रहेको कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो ३ः५० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !