चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेको कलेजले जनाएको छ ।

अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको भदौ ३ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज विहान ११ः४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा हालसम्म १४ जना संक्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जस मध्ये १८ चितवनका हुन ।

प्रतिक्रिया दिनुहोस !