काठमाडौः पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा ७ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौं उपत्यकाका पाँच संक्रमितको निधन भएको छ । काठमाडौंमा महिला र पुरुष एक–एक जना, ललितपुरका दुई महिला र एक पुरुषको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै, मोरङ रौतहट सर्लाही मकवनपुरमा एक–एक महिलाको कोरोनाका कारणले निधन भएको छ भने रूपन्देही र बाँकेका एकरएक पुरुषको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । देशभर कोरोनाबाट कुल ४ सय १ संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६४ प्रतिशत रहेको छ ।

आज देशभर १७९ जना आइसीयूमा र ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ । मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रुसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला भने संक्रमण शून्यमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस !