
चितवनः कोरोना सङ्क्रमण भई यहाँ उपचाररत थप एक जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा यनको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षिय पुरुषको आज बिहान १० वजे मृत्यु भएको हो । अस्पतालद्धारा जारी सूचनामा मृगौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको खोकी संगै स्वाशप्रश्वासमा समस्या देखिए पछि भदौ २३ गते देखि कोभिड १९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
हाल सम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जस मध्ये चितवनका मात्र १७ जना रहेका छन् ।