चितवनः जिल्लाको बजारमा प्याजको मूल्यमा बिबिधता भएको पाईएको छ । स्थानीय प्रशासनले गरेको अनुगमनका क्रममा मूल्यमा बिबिधता भएको पाईएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहिबार नारायणगढको लायनचोकमा रहेको तरकारी वजारमा गरेको अनुगमनका क्रममा प्याजको मूल्यमा बिबिधता भएको पाईएको हो । कार्यालयका सूचना अधिकारी ईश्वर सिम्ंखडाका अनुसार प्रतिवोरा रु ९ सय ९० देखि १७ सय सम्म बिक्रि गरेको पाईएको छ ।

उहाँले भन्नुभयो “वजारमा मूल्यमा बिबिधता भएको भाईएकको छ । यसलाई हामी रोक्छौ ।” कार्यालयले आज गरेको आकाश्मिक अनुगमनका क्रममा प्याजको खुद्रा मूल्य रु १ सय २० मा बिक्रि गरेको पाईएको छ । उहाँले थप्नुभयो “मैले रु १ सय २० मा तीन किलो प्याज कीने ।” उहाँका अनुसार व्यावसायीले जानकारी नपाउँदा सम्म ग्राहक भएर अनुगमन गरिएको थियो । उहाँले भन्नुभयो “अनुगमन भन्ने जानकारी पाए पछि व्यवसायीले पसल वन्द गरेर भागे ।”

सिंम्खडाका अनुसार पुरानो सामानलाई महंगो मूल्यमा बेचेको पाईएको हो । प्रति किलो रु ४५ मा बेच्नु पर्ने प्याजलाई रु १ सय २० मा बेचेको पाईएको उहाँको भनाई छ । अनुगमनका क्रममा रु १७ सयमा १८ किलोको बोरा प्याज बिक्रि गर्ने एक होलसेल पसल र रु १ सय २० मा खद्रा बिक्रि गर्ने एक खुद्रा व्यवसायीको पसल प्रशासनले वन्द गराएको छ । उनीहरुलाई आबश्यक कागजपत्र लिएर आउन निर्देशन दिईएको सूचना अधिकारी संम्खडाले जानकारी दिनुभयो ।

उनीहरुले खरिद मूल्यको १० प्रतिशत भन्दा वढि लिएर बिक्रि गरेको पाईएमा कालोवजारी तथा केही अन्य सामाजिक अपराध सजाय ऐन २०३२ अन्तर्गत कारवाही गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई रु ५० हजार सम्म जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । अनुगमन लाई निरन्तरता दिईने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !