चितवनः चितवनमा थप चार जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर र खैरहनी नगरपालिकाका चार जनामा भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका हुन् । उनीहरु सबैको पुरानो मेडिकल कलेज भरतपुर र क्वारेन्टिनबाट स्वाब दिएका थिए ।
भरतपुर प्रयोगशालामा भदौ ३१ गते कुल २९९ नमुना परीक्षण गरिएको थियो । जसमध्ये २९५ नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।






