डडेलधुराः कोरोना संङ्क्रमण वढ्दै जाँदा अग्रपङ्क्तिमा रहेर काम गर्नेहरुमा कोरोना सङ्क्रमण देखिदै गएको छ । वढि मात्रामा उनीहरुनै खतरामा रहेका छन् । यसै क्रममा डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिपायल सिलगढी नगरपालिका– ४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको हो ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० नेपाली सेनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।
यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित सबै जनाको स्वास्थ अवस्था सामान्य छ ।






