धादिङः अरिङ्गाल पोल्न जाँदा रूखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका– ४ मा अरिङ्गाल पोल्न जाँदा रूखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।

रूखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको हो ।

गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !