चितवनः कालिका नगरपालिकाकी एक महिलालाई रुखले किचेर घाईते हुनु भएको छ । घाईते हुनेमा कालिका नगरपालिका वडा नम्बर १ की ५० वर्षीया कुलकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार उहाँलाई आज बिहान ७ः४० वजे भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको भोजाड जंगलमा घाँस काट्न आउँदा सालको रुखले किचेको थियो । घाँस काट्दै गर्दा सुकेको सालको रुख ढलेर सुनारलाई किचेको हो । घाईते सुनारको गम्भिर अबस्थामा चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !