चितवन – चितवनमा फेरी ४७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा आज (शुक्रबार) ३५८ जनाको स्वाब परीक्षणमा गरिएको ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित मध्य २३ जना चितवनमा हुन् भने बाँकी अन्य जिल्लाका हुन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका भित्रका मात्रै २१ जनामा कोरोना देखिएको छ । जसमा वडा नम्बर १,२, ३, ४, ५, १०, १२, १३ र २५ का २१ देखि ८० बर्ष उमेरसमुहका १४ पुरुष र ८ महिला रहेका छन् ।

यस्तै पुर्वी चितवनको खैरहनी नगरपालिकाका २ का ७५ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । सिएमसीकै प्रयोगशालामा झापा, मकनवानपुर, नवलपुर, रौतहट, सर्लाही र तनहुँका २४ जनामा पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !