
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८८९ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । आज १० हजार ८ सय ७८ जनाको पिसिआर गरीएको छ । सक्रिय संक्रमित १५ हजार ३ सय ९३ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ६ हजार ८ सय ९२ जना रहेका छन्।