काठमाडौः शनिबार राति देखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि बागमती प्रदेश, प्रदेश–२, प्रदेश–१, गण्डकी प्रदेश र प्रदेश–५ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको हो ।

महाशाखाले आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी प्रदेश र प्रदेश–५ मा भारी वर्षाको हुन सक्ने जनाएको छ ।

राति पनि प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेअनुसार भोलि पनि प्रदेश १, बागमती, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश ५ मा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !