काठमाडौंः कोरोनाको महामारी वढ्दै गएको समयमा बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सचाउन बीमा समितिले कार्यदल बनाएको छ ।
समितिले अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकाय अन्तर्गतका उद्योग वाणिज्य महासंघका पदाधिकारी सहित संयुक्त रूपमा छलफल आयोजना गरी कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख भएको केही विषया सशोधन अगाडि बढाउन निर्णय गरेको छ ।
कोरोना बीमा मापदण्ड २०७७ संशोधनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको समितिले जनाएको छ । कोरोना बीमा मापदण्ड २०७७ आवश्यक संशोधनका लागि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको समितिले जानकारी दिएको छ ।
कार्यदलमा अर्थ मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र नेपाल बीमक संघका प्रतिनिधि समावेश छन् ।
कार्यदलले दिएको सुझावका आधारमा बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ संशोधन हुनेछ । समितिले शुक्रबार निजी ल्याबमा गरिएको पीसीआर परीक्षणका आधारमा संक्रमितलाई दाबी भुक्तानी नदिन बीमा कम्पनीलाई पत्राचार गरेको थियो ।