काठमाडौंः नोभेल कोरोना भाइरसका ५९४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी संक्रित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २४० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ९१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ९४ हजार ६१३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म देशभर १४ हजार ६३८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । सोमबार देशभर ३३८ संक्रमित थपिएका छन् भने १४० जना डिस्चार्ज भएका छन् । मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो ।

देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए । त्यसैगरी बुधबार ४८४ कोरोना संक्रमित थपिएका हुन् भने ६४ जना डिस्चार्ज भएका हुन् । बुधबार सबैभन्दा बढी १० हजार ४७८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

शक्रबार ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गर्दा ५२५ कोरोना संक्रमति थपिएका हुन् । सो अवधिमा १०९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस !