
काठमाडौंः कोरोना भाईरसले महामारी रुप लिए पछि काठमाडौंमा अत्याबश्यक बाहेकका सरकारी कार्यालयहरु वन्द हुने भएका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु सहितको शुक्रबार बसेको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु आईतबार देखि बन्द गर्ने निर्णय गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिले पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी छ । बैठकले अत्यावश्यक बाहेक सबै सार्वजनिक कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । अहिले पनि बैठक जारी रहेकाले थप निर्णय हुने उहाँले जानकारी दिनुभयो