काठमाडौंः पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार अस्पताल सानेपामा उपचार क्रममा गत असार ६ गते
कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरेको थियो ।ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

अहिले उनको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !