
काठमाडौंः प्रहरी प्रधान कार्यालय (मुख्यालय) नक्सालमा कोरोना संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आजसम्म संक्रमितको संख्या ७२ पुगेको हो । जसमा सई एक, असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।