
चितवनःपूर्बी चितवनको भण्डामा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी हवल्दार अर्जुन कुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारामा पूर्बबाट टाँडी तर्फ आउँदै गरेको बा ३ ख १५४७ नम्बरको बसले थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियोे । ठक्करबाट घाईते थापाको उपचारका क्रममा राति ९ः१० वजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
भण्डाराबाट कार्यालयतर्फ जानेक्रममा थापा सवार स्कुटरलाई बसले बिहिबार राति ८.२५ वजे ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।